कञ्चनरूप, २१ मंसिर । सप्तरीको कञ्चनरुप र सप्तकोशी नगरपालिकामा कार्यरत अस्थायी कर्मचारीहरुको एक टोलीले मधेस प्रदेश सरकारको गृह ,सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीलाई बिहीबार ज्ञापनपत्र बुझाएका छन् ।
उनीहरुले आफुहरु बिगत लामो समय देखी विभिन्न निकायमा अस्थायी नियुक्ति पाई कामकाज गर्दै आईरहेकोमा अस्थायी कर्मचारीहरुलाई स्थायी गरि दिन माग राखेका छन् ।
बि.स.२०७४ सालमा देशमा संघीयता लागू भए पश्चात् विभिन्न समयमा कर्मचारी समायोजन भई स्थानीय निकायहरुमा पनि लामो समय सम्म कार्य सम्पादन गर्दा पनि हामीलाई स्थायी नगरेको दुखेसो पोख्दै अस्थायी कर्मचारीहरुलाई स्थायी गरिदिन मन्त्रीलाई आग्रह गरेका छन् ।
अस्थायी कर्मचारीहरुलाई राज्य पक्षले स्थायी नगरी विभिन्न सेवा सुबिधाहरुबाट बन्चित गर्दै आईरहेको उनीहरूको आरोप छ ।
मन्त्री लेखीले ज्ञापनपत्र बुझ्दै अस्थायी कर्मचारीहरुलाई चाडै नै उचित व्यवस्थापन गर्दै उनीहरुको पेशागत हकहितको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।