समाचार

भक्तपुरमा बाबु–छोरा कोठामै मृत फेला, एक छोरा बेपत्ता

काठमाडौं । भक्तपुरको बालकोटस्थित आफ्नै कोठामा बाबु–छोरा मृत फेला परेका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्थायी घर भई भक्तपुरको बालकोट बस्दै आएका ५६ वर्षका कुलप्रसाद आचार्य र छोरा २२ वर्षका प्रवीण आचार्य छुट्टाछुट्टै कोठामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूको शरीरका विभिन्न ठाउँमा चोट रहेको र दुबैको शव कोठाको बाहिरबाट ताल्चा लगाईएको अवस्थामा भेटिएको छ ।
कोठामा सँगै बसेका कुलप्रसादका जेठा छोरा बेपत्ता छन् । 
उनको खोजी भइरहेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ ।

   

You cannot copy content of this page