बुधबार, १९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १९ कात्तिक २०८३
कोशी प्रदेश

डाका कसुर सम्बन्धी मुद्दाका फरार प्रतिवादि साह पक्राउ

बिराटनगर, १० पुस । मोरङ प्रहरीले डाका कसुर सम्बन्धी मुद्दाका एकजना फरार प्रतिवादिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका -८ का २९ वर्षीय हरकित साह रहेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर PIT समुहबाट खटिएको प्रहरी टोलीले डाका कसुर सम्बन्धी मुद्दाका फरार प्रतिबादि साहलाई इटहरी उपमहानगरपालिका-२ पिपल चोकमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
डाका कसुर सम्बन्धी मुद्दामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०८०।११।२४ गतेको सजाय निर्धारण फैसला आदेशले ४ वर्ष ११ महिना १ दिन कैद र २१ हजार रुपैँया जरिवाना बेरुजु रहि साह फरार रहेका थिए । 
पक्राउ परेका साहलाई सम्मानित मोरङ जिल्ला अदालतमा दाखिला गरेकोमा कैद भुक्तानको लागि जिल्ला कारागार मोरङ पठाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page