समाचार

काठमाडौंमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु 

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ तीनकुने गैरीगाउँ पेट्रोलपम्प अगाडि आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार काभ्रे पनौती नगरपालिका ११ घर भई ललितपुर धापाखेल बस्ने वर्ष २६ का सुकराम तामाङ रहेको प्रहरीले जनाएको छ । 

शनिबार बिहान ४ः३० बजे प्र ३–०२–००३ प ६२४५ नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिंँदा मोटरसाइकलमा सवार तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो ।

   

You cannot copy content of this page