कोशी प्रदेश समाचार समाज

चार्जमा राखिएको सिटि सफारीबाट करेन्ट लाग्दा बालिकाको मृत्यु 

सुनसरी, १३ चैत्र । सुनसरीमा चार्जमा राखिएको सिटि सफारीबाट करेन्ट लाग्दा बालिकाको मृत्यु भएको छ । 

सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-६ साहु टोलका सुदिप साहको ३ वर्षीया छोरी चन्दा साहको चार्जमा राखिएको सिटि सफारीबाट करेन्ट लागेर मृत्यु भएको हो । 

मंगलबार दिउँसो छिमेकीको घरमा चार्जमा राखिएको सिटि सफारिमा खेल्ने क्रममा अचानक करेन्ट लागेर बालिका घाइते भएकी थिइन् । घाइते बालिकालाई उपचारकोलागी जिल्ला अस्पताल सुनसरी इनरुवा लैजादै गर्दा उनको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

बालिकाको शवलाई पोष्टमार्टमको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान, सुनसरी पठाईएको सुनसरी प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page