कोशी प्रदेश समाचार

९४३ किलो गाँजा बोकेको ट्रक सहित ओसार पसारमा संलग्न लिम्वु पक्राउ

विराटनगर, बैशाख १६ गते । धनकुटाबाट लागूऔषध गाँजा बोकेको ट्रक सहित ओसार पसारमा संलग्न रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार राती विशेष सुचनाको आधारमा धनकुटाको इलाका प्रहरी कार्यालय राजारानी र अस्थायी प्रहरी विट मौनावुधुकबाट खटिएको प्रहरी टोलीले चौबिसे गाउँपालिका-५ स्थितबाट ना.५ख ६१५७ नम्वरको ट्रकमा लोड भएको अवस्थामा ३८ बोरा (९ सय ४६ किलोग्राम) गाँजा बरामद गरेको हो । 

गाँजा बरामद भए संगै ट्रक र ओसार पसारमा संलग्न रहेका चौविसे गाउँपालिका-५ का मनोज लिम्वुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गाँजा बोकेको ट्रक सहित पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page