कञ्चनरूप, २४ जेठ । सप्तरी प्रहरीले लागुऔषध मुद्दामा फैसला कार्यान्यवनको सिलसिलामा फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला सप्तरी राजविराज नगरपालिका वडा नं. १५ का सुनिल कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला अदालतले यादवलाई लागूऔषध मुद्दामा एक महिना कैद र दुई हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
पक्राउ परेका यादवलाई सम्मानित सप्तरी जिल्ला अदालत राजविराजमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उदय कुमार राईले जानकारी दिनुभयो ।

