समाचार

बिराटनगरमा सडकको डिभाइडरमा मोटरसाइकल ठोक्किए सप्तरीका युवकको मृत्यु

विराटनगर, २३ असार । बिराटनगर स्थित आयल निगम चौक नजिकै सडकको डिभाइडरमा मोटरसाइकल ठोक्किए सप्तरीका एक युवकको मृत्यु भएको छ । सोमबार बिहान भएको दुर्घटनामा परी सप्तरी जिल्लाको मधुवन–१ का २४ वर्षीय अरिविन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विराटनगर गेटबाट कञ्चनबारी चौकतर्फ आउने क्रममा को३७प २६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक किनारको डिभाइडरमा ठोक्किएर दुर्घटनाल भएको थियो ।

दुर्घटनामा घाइते यादवलाई उपचारको लागि नोबेल अस्पताल लगिएको मा उनको उपचारकै क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page