कञ्चनरूप, २४ असार । नेपाल क्रिकेट संघको निर्देशनमा सप्तरी प्राईड लिग मेयर कप टी–२० (एसपीएल) क्रिकेट प्रतियोगिता यहीँ असार २६ गतेदेखि सप्तरीको राजविराजमा सुरु हुने भएको छ ।
सातौं संस्करण अन्तर्गत सप्तरी क्रिकेट सँघकाे आयाेजनामा तथा राजबिराज नगरपालिकाकाे सहयाेग र नेपाल क्रिकेट सँघ र मधेश प्रदेश क्रिकेट सँघकाे सहकार्यमा एसपीएल गर्न लागेको हो ।
‘सप्तरी प्राइड लिग – सिजन ७’ (पहिलेको नाम सप्तरी प्रिमियर लिग) २०८२ सालको राजविराज मेयर कप महिला प्राइड लिग – सिजन २ को सफल आयोजनापछि, अब पुरुषतर्फको लिग सुरू हुने भएकाे सप्तरी क्रिकेट संघका सचिब चन्दन कुमार यादवले जानकारी दिनुभयो ।
स्थानीय पब्लिक माध्यमिक विद्यालय राजविराजको खेलमैदानमा असार २६ गते बिहीबारदेखि आयोजना हुन लागेको एसपीएलमा ८ वटा टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
लिगमा राजबिराज राजदेवी राेयल्स, कञ्चनरूप राईनाेज्स, रूपनी राईडर्स, खडक वारियर्स, राजगढ वारियर्स, हनुमाननगर हिराेईज, तिरहुत टाईर्गस, राेयल च्यालेन्जर बरहीबिरपुर सहित ८ टिमले सहभागिता जनाएको छ ।
प्रत्येक टिममा सप्तरीका ९ जना अनिवार्य र २ जना राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरू बाहिरकाे खेलाईने प्रतियोगितामा लिग कम नक आउटकाे आधारमा दुई वटा पुल राखेर खेलाईनेे छ ।
प्रतियोगिताको प्रत्यक्ष प्रशारण मधेश प्रदेश क्रिकेट संघको युट्युव पेजबाट हुने र क्रिकक्लवबाट अनलाइन स्कोरिंग हेर्न सकिने सप्तरी क्रिकेट सङ्घले जनाएको छ ।


