समाचार

सप्तरीको खडकमा पानी तान्ने मोटरबाट करेन्ट लागेर मियाँको मृत्यु

कञ्चनरूप, १० साउन । सप्तरीमा खेतमा पानी पटाउने क्रममा पानी तान्ने विद्युत्‌ मोटरबाट करेन्ट लागेर शनिबार एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको खडक नगरपालिका-११ का ५८ वर्षीय मो युनुस मियाँ रहेको सप्तरी प्रहरीले जनाएको छ । 

आफ्नो खेतमा पानी पटाउने क्रममा पानी तान्ने मोटरबाट करेन्ट लागेर मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

करेन्ट लागेर घाइते भएका मियाँलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएको थियो । उनलाई अस्पताल पुर्‍याउन साथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page