मधेस प्रदेश राजनीति

जसपा नेपाल सप्तरीको अध्यक्षमा केदार यादव विजयी 

राजविराज, २० साउन । जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीको अध्यक्षमा केदार प्रसाद यादव विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी उमेश प्रसाद यादवलाई ३० मतान्तरले पराजित गर्दै यादव अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

मंगलबार सम्पन्न मत परिणाम अनुसार अध्यक्षमा केदारले २ सय ३५ मत ल्याएर  बिजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्दी उमेेशले २ सय ५ मत प्राप्त गर्नुभयो  । केदार यसअघि पनि जिल्ला अध्यक्ष थिए । 

यसैगरी उपाध्यक्षमा लक्ष्मण यादब २ सय ३५ मत र  हरेराम यादब २ सय २६ मत प्राप्त गरि  विजयी हुनुभएको छ भने राजेश्वर प्रसाद रायले १ सय ८५ र उषा कुमारी साहले १ सय ७४ मत प्राप्त गर्नुभयो ।

यसैगरी सचिवमा निरज कुमार झा (निरज मुक्ती)  २ सय ३१ मत ल्याएर बिजयी हुनुभयो भने शम्भु कुमार  यादबले २ सय ३० प्राप्त गर्नुभयो । यादव १ मतले पराजित हुनुभएको छ । 

यसैगरी उपसचिव रिता कुमारी चाैधरीले २ सय ३४ र रामेश्वर कौगडिया यादब २ सय ३५ मत प्राप्त  गरि बिजयी हुनुभएको छ भने राहुल मण्डल २ सय २३ मत र दाउद हुसेनले १ सय ७३ मत प्राप्त गर्नुभयो । 

यसैबीच काेषाध्यक्ष अमरेन्द्र कुमार यादब (अर्विन ) २ सय ३५ मत प्राप्त बिजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी अभिनय याादब, (निकु) २ सय १० मत प्राप्त गर्नुभयो । 

जसपा नेपाल सप्तरीको सोमबार सम्पन्न निर्वाचनको पदाधिकारीहरुको मतगणना सकिएको छ भने खुल्ला र समाबेशी सदस्य पदका उम्मेदवारहरुको मतगणना जारी रहेको छ ।

   

You cannot copy content of this page