मधेस प्रदेश समाचार समाज

सप्तरीमा पानी पटाउने क्रममा करेन्ट लागेर एक किसानको मृत्यु

कञ्चनरूप, २३ साउन । सप्तरीको रुपनी गाउँपालिका ३ स्थित कटैयामा शुक्रबार बिहान करेन्ट लागेर एक किसानको मृत्यु भएको छ । 

आफ्नै खेतमा मोटरबाट पानी पटाउने क्रममा स्थानीय ४२ वर्षीय शम्भु कुमार इसरको करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । 

विहान ५ बजे खेतमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर इसरको मृत्यु भएको हो ।

घटना स्थलमा प्रहरी टोली खटी कानूनी प्रक्रिया पूरा गरि मृतकको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

You cannot copy content of this page