सप्तरी । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । राति १२ बजेदेखि लागु हुने गरि पेट्रोल प्रतिलिटर दुई रुपैयाँ बढाइएको हो ।
त्यस्तै निगमले डिजेल र मट्टितेलको मूल्य भने घटाएको छ। डिजेल र मट्टीतेल प्रतिलिटर एक रुपैयाँ घटाइएको जनाएको छ ।
नयाँ मूल्य अनुसार तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर १६१ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १४९ रुपैयाँ रुपैयाँ कायम भएको छ।


