कञ्चनरूप, १ भदौ । सप्तरीको कञ्चनरूपमा पानी ट्याङकीबाट लडी ६ वर्षीया बालिका गम्भीर घाईते भएकी छिन् ।
शनिबार राति ७;३० बजेको समयमा कञ्चनरुप नगरपालिका ६ बस्ने मो. ईलिहासकी छोरी बर्ष ६ की जोया खातुनले आफ्नो घर भन्दा १० मिटर पश्चिममा रहेको पानि ट्याङकीमा चढी खेल्ने क्रममा अचानक तल जमिनमा लडी घाईते भएकी हुन ।
उनको नोबेल अस्पताल बिराटनगरमा उपचार भई रहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जानकारी दिएको छ । उनको अवस्था भने गम्भिर रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

