कञ्चनरूप, २ भदौ । सप्तरीमा खाल्डोको पानीमा डुवेर एक बृद्वाको मृत्यु भएको छ । जिल्लाको अग्नीसाइर कृष्णासवरण गाउँपालिका २ चाँदनी चौकमा सोमबार बिहान खेतमा खनेको खाल्डोको पानीमा डुवेर स्थानीय सितापुर गाउँकी लालु सदाकी पत्नी बर्ष ७२ की सजनी सदाको मृत्यु भएको हो ।
स्थानीय राजेन्द्र साहको खेतमा खनेको खाल्डोमा जमेको पानीमा डुबेर सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी टोली घटना स्थल पुगि हेर्दा सदा पानीमा डुबेको अवस्था मृत फेला परेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
स्थानीयका अनुसार उनी सधै नजिकै रहेको खेतको खाल्डाखुल्डीमा घोङ्गी टिप्ने गर्थीन् । घोङ्गी टिप्ने क्रममा डुवेर सदाको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
कानूनी प्रक्रिया पुरा गरि मृतक सदाको शव परिक्षणका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज लगिएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताउनुभयो ।

