कञ्चनरूप, २५ भदौ । सप्तरीको राजविराज कारागारमा जेल तोडेर २०५ कैदी भागेका छन् । बुधबार कैदीले कारागारमा आगो लगाएर तोडफोड गरि परार भएका हुन ।
जेलबाट कति कैदीबन्दी फरार भए भन्ने तथ्यांक भने एकिन भएको छैन ।

अहिले कारागारमा नेपाली सेना, नेपाल तथा सशस्त्र प्रहरी व्यापक रुपमा परिचालन गरिएको छ ।
कैदी बन्दीले भित्र आगो नै लगाइदिएका छन । प्रहरीले केही राउन्ड गोली समेत चलाएको छ । पर्खालमा प्वाल बनाई उनीहरू भागेका कारागार प्रशासनले जनाएको छ ।

