समाचार

लुटिएका सार्वजनिक सम्पत्ति ७ दिनभित्र फिर्ता गर्न सप्तरी प्रशासनको आग्रह, नभए कार्वाही गरिने 

कञ्चनरूप, २७ भदौ । जिल्ला प्रशासन कार्यालय सप्तरीले जेनजी आन्दोलनका क्रममा चोरी तथा लुटपाट भएका सामान बुझाउन आग्रह गरेको छ ।

प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै भदौ २४ गते  आन्दोलनको क्रममा सरकारी निकाय, कार्यालय र प्रतिष्ठानमा तोडफोड, आगजनी र लुटपाट गरी लगिएको सार्वजनिक सम्पत्ति ७ दिन भित्र फिर्ता गर्न आग्रह गरेको हो । 

आन्दोलनमा सहभागी केही व्यक्तिले जिन्सी सामग्री, नगद रकम र सार्वजनिक सम्पत्ति घरसम्म लगेको तथ्य प्रमाणहरु विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा देखिएको सूचनामा उल्लेख छ । 

लुटिएका सामग्री तुरुन्तै बुझाउन आग्रह गर्दै निर्देशन अवज्ञा गरी फिर्ता नगरे प्रचलित कानुन अनुसार कडा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले बताउनुभयो ।

   

You cannot copy content of this page