उदयपुर, १२ कार्तिक । उदयपुरबाट प्रहरीले लागू औषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका-४ का २९ बर्षीय मौसम राई र बेलका नगरपालिका-१ का ३० बर्षीय बिजय परियार रहेको उदयपुर प्रहरीले जनाएको छ ।
मंगलबार इलाका प्रहरी कार्यालय बेल्टारले उनीहरुलाई लागूऔषध सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट ट्रामाडोल २३० ट्याब्लेट र डाइक्लोमाईन २५० ट्याब्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको जनाइएको छ ।










