राजनीति समाचार

कञ्चनरुपमा जनमतलाई झट्का, सम्झना रानासहित ठूलो समूह एमालेमा प्रवेश

कञ्चनरुप, १६ फागुन । जनमत पार्टीकी नेतृ तथा कञ्चनरूप नगरपालिकाको उपमेयर पदकी प्रत्याशी सम्झना राना मगर थारुको नेतृत्वमा सयौँको संख्यामा नेता–कार्यकर्ताले जनमत पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेका छन्।
शनिबार कञ्चनरुपमा आयोजित एक कार्यक्रममा राना चौधरीको नेतृत्वमा ठूलो संख्यामा जनमत पार्टीका नेता–कार्यकर्ता एमालेमा आबद्ध भएका हुन्। कार्यक्रममा सप्तरी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुमनराज प्याकुरेल ले नवप्रवेशीहरूलाई टीका तथा गम्छा ओढाएर स्वागत गर्नुभएको थियो।

पार्टी प्रवेशपछि बोल्दै उपमेयर पदकी प्रत्याशी राना चौधरीले देश र जनताको हितमा काम गर्ने विकासप्रेमी शक्ति एमाले भएकाले आफू र आफ्ना समर्थकहरू पार्टीमा प्रवेश गरेको बताउनुभयो। उहाँले जनताको विश्वास जित्ने गरी अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।
एमाले नेतृत्वले उक्त प्रवेशले संगठनलाई थप मजबुत र सशक्त बनाउने विश्वास व्यक्त गरेको छ। जनताको विश्वास, एकता र परिवर्तनको आकांक्षासहित सम्पन्न कार्यक्रम राजनीतिक रूपमा अर्थपूर्ण र उत्साहजनक रहेको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा विभिन्न तहका नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

   

You cannot copy content of this page