समाचार समाज

सप्तरीमा जबरजस्ती करणीको आरोपमा २२ वर्षीय युवक पक्राउ

कञ्चनरूप, २२ वैशाख । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिकामा एक बालिकामाथि जबरजस्ती करणी गर्न खोज्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले दिएको जानकारी अनुसार, डाक्नेश्वरी नगरपालिका वडा नं. ८ बस्ने २२ वर्षीय सुरज प्रकाश मण्डललाई प्रहरीले पक्राउ गरेको हो।

वैशाख २१ गते राति करिब ०१:०० बजेको समयमा मण्डलले सोही ठाउँकी एक बालिका सुतेको कोठामा प्रवेश गरी जबरजस्ती करणी गर्ने प्रयास गरेका थिए। पीडित बालिका कराएपछि घरपरिवारले थाहा पाएका थिए र अभियुक्त मण्डल घटनास्थलबाट फरार भएका थिए।

फरार रहेका मण्डललाई प्रहरीले खोजतलास गर्ने क्रममा सोही दिन राति १५:३० बजे उनको आफ्नै घर नजिकैबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो।

पक्राउ परेका मण्डललाई सप्तरी जिल्ला अदालतबाट ५ (पाँच) दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक पुरीले बताउनुभयो।

   

You cannot copy content of this page