कञ्चनरूप, २९ असार । पहाडी क्षेत्रमा लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । १
सोमबार दिउँसो २:३० बजे गरिएको मापनमा कोशी बराजमा पानीको बहाव प्रतिसेकेण्ड १ लाख ७३ हजार क्यूसेक पुगेको छ । मापन केन्द्रका अनुसार कोशी ब्यारेजका ५६ मध्ये अहिले ढोका खोलिएका छन् ।
कोशी बराज हुँदै पानीको बहाव प्रतिसेकेण्ड एक लाख ५० हजार क्यूसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ, सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ।
केही दिनदेखिको लगातार वर्षाका कारण जलसतह बढेको हो।










