समाचार

काठमाडौँको बुद्धनगरमा पुरुषद्वारा आत्मदाह प्रयास, ५५ प्रतिशत शरीर जल्यो

काठमाडौं, २७ असार। काठमाडौँ महानगरपालिका–१० बुद्धनगरस्थित एक डेरामा शनिबार बिहान एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार आत्मदाहको प्रयास गर्ने व्यक्ति ४५ वर्षीय अश्विन राउत रहेको खुलेको छ। उनलाई तत्काल उद्धार गरी उपचारका लागि वीर अस्पताल भर्ना गरिएको छ।

प्रहरीका अनुसार राउतको आफ्नै छोरासँग विवाद भएपछि उनी भान्सामा गई आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका थिए। घटनामा उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ।

हाल राउतको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान जारी रहेको छ।

   

You cannot copy content of this page