समाचार

बढ्दो क्रममा कोशीको पानी : २२ वटा ढोका खोलियो

कञ्चनरूप, १४ भदौ । कोशी नदीमा पानीको बहाव लगातार बढेपछि कोशी ब्यारेज क्षेत्रमा सतर्कता अपनाइएको छ। आज साँझ ८:२५ बजेको पछिल्लो मापन अनुसार कोशी ब्यारेज भई १,९२,५३५ क्युसेक पानी बहाव भइरहेको छ।

पानीको स्तर लगातार बढ्दो क्रममा (Rising) रहेकाले ब्यारेजमा खतराको संकेत स्वरूप रातो बत्ती बालिएको छ। नदीमा पानीको चाप बढेपछि स्थिति नियन्त्रणमा राख्न ब्यारेजका ५६ ढोकामध्ये हाल २२ वटा ढोका खुला गरिएका छन्।

सप्तकोसीमा प्रतिसेकेण्ड १ लाख ५० हजार क्युसेक पानीको बहाव नाघेपछि रातो बत्ती बाल्ने गरिएको छ ।

पानीको बहाव अझै बढ्दो क्रममा रहेकाले कोशी नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन तथा नदी किनारमा नजान आग्रह गरिएको छ।

You cannot copy content of this page