समाचार

कोशी ब्यारेजमा बढ्दो जलस्तर, १९ ढोका खोलिए

कञ्चनरूप, १३ भदौ । कोशी ब्यारेजमा पानीको बहाव निरन्तर बढिरहेको छ। शनिबार दिउँसो २ः२० बजे मापन गरिएको विवरणअनुसार ब्यारेजमा पानीको बहाव १ लाख ६० हजार ९२० क्युसेक पुगेको छ।

पानीको सतह बढ्दो क्रममा रहेकाले कोशी ब्यारेजमा हाल खतराको अवस्था (Danger) रहेको जनाइएको छ।

पानीको सतह लगातार बढ्दो क्रम (Rising) मा रहेकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै ब्यारेजका ५६ मध्ये १९ वटा ढोका (गेटका ढोकाहरू) खुला गरिएको छ।

पानीको बहाव अझै बढिरहेको अवस्थामा कोशी नदी आसपासका बासिन्दालाई सतर्क रहन तथा नदी किनारमा नजान आग्रह गरिएको छ।

You cannot copy content of this page