समाचार

सवारी अंगभंग मुद्दाका फरार प्रतिवादी ओमप्रकाश पक्राउ

कञ्चनरूप, १८ भदौ । सवारी अंगभंग मुद्दाका फैसला कार्यान्वयनका क्रममा फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरी अदालतमा दाखिला गरेको छ।

पक्राउ पर्नेमा साविक सप्तरी भंगाहा गाविस वडा नं. ५ र हाल शम्भुनाथ नगरपालिका वडा नं. ७ बस्ने ‘लुद्रा’ भन्ने ओम प्रकाश विश्वकर्मा रहेका छन्। सवारी अंगभंग मुद्दामा उनलाई अदालतले ४ वर्ष कैद र रु. ३०,०००/- (तीस हजार रुपैयाँ) जरिवानाको फैसला सुनाएको थियो।

इलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीबाट खटिएको प्रहरी टोलीले सम्मानित सप्तरी जिल्ला अदालत राजविराजबाट कैद र जरिवाना ठेकिएर फरार रहँदै आएका प्रतिवादीलाई खोजतलास गरी पक्राउ गरेको हो।

वारदातपश्चात् फरार रहँदै आएका विश्वकर्मालाई फेला पारी मिति २०८३।०५।१७ गते जिल्ला अदालत राजविराजमा पेस गरिएको र मिति २०८३।०५।१८ गते जिल्ला प्रहरी कार्यालय सप्तरी (प्रहरी निरीक्षक विजय कार्की) ले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ।

You cannot copy content of this page