कञ्चनरुप । सप्तरीमा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार तिरहुत गाउँपालिका–१ धनपुरी बस्ने अन्दाजी २८ वर्षीय चन्दन मुखियालाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरिएको हो।
प्रहरीका अनुसार परिवर्तित नामबाट दिइएको जाहेरीका आधारमा आरोपितले जबरजस्ती करणी गरी घटनापछि फरार भएका थिए। प्रहरीले खोजतलास गर्ने क्रममा उनलाई तिरहुत गाउँपालिका–१ धनपुरीस्थितबाट फेला पारी कानुनबमोजिम पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी सम्मानित जिल्ला अदालतबाट म्याद थप गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















