सोमबार, १७ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर सोमबार, १७ कात्तिक २०८३
समाचार

रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

रौतहट, १६ कार्तिक । रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

रौतहटको बौधीमाई नगरपालिका–७ बंकुलस्थित बंकुल–नरकटिया सडकखण्डबाट उक्त रकमसहित भारतको बिहार राज्य, मोतिहारी जिल्ला, घोडसन ग्रामका अन्दाजी ३३ वर्षीय टुना दास पक्राउ परेका हुन्।

प्रहरीका अनुसार, आज सोमबार दिउँसो करिब १२:२० बजे बाराबाट रौतहटतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको  BR05AF3787 नम्बरको मोटरसाइकललाई प्रहरी चौकी बंकुलबाट प्रहरी सहायक निरीक्षक रमेश यादवको कमाण्डमा खटिएको गस्ती टोलीले शङ्का लागेर जाँच गरेको थियो।

सो क्रममा मोटरसाइकलको फिल्टरमा लुकाइछिपाइ राखिएको स्रोत नखुलेको नेपाली रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।

बरामद रकममा एक हजार रुपैयाँ दरका ५९३ थान र पाँच सय रुपैयाँ दरका ८१४ थान नोट रहेका छन्। यसरी बरामद गरिएको रकमको कुल मूल्य १० लाख रुपैयाँ रहेको छ।

प्रहरीले रकमसँगै मोटरसाइकल र चालक दासलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page