मंगलबार, १८ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर मंगलबार, १८ कात्तिक २०८३
समाचार

सोलुखुम्बुमा दुई हेलिकप्टर एकआपसमा ठोक्किए, एक जनाको मृत्यु, तीन घाइते

विराटनगर, १७ कात्तिक । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ स्थित फेरुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा दुईवटा हेलिकप्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

सोमबार बिहान करिब ८ः१० बजे फिस्टेल एयर र डाइनेष्टी एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा फिस्टेल एयरको हेलिकप्टरमा सवार भारतको तमिलनाडु, चेन्नई निवासी ४७ वर्षीय वसन्त कुमार बलरामुडुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, दुर्घटनामा भारतीय मूलका न्युजिल्यान्ड नागरिक ४९ वर्षीय सेलिश कुमार पटेल र फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि प्रभु एयरको हेलिकप्टरमार्फत काठमाडौंस्थित मेडिसिटी अस्पताल पठाइएको छ ।

डाइनेष्टी एयरका पाइलट प्रज्वल केसी पनि दुर्घटनामा घाइते भएका थिए । उनको लुक्लास्थित निकोल निक्की अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ । त्यसपछि उनी डाइनेष्टी एयरकै हेलिकप्टरमार्फत काठमाडौं गएका छन् ।

दुर्घटनामा मृत्यु भएका बलरामुडुको शव प्रभु एयरको हेलिकप्टरमार्फत लुक्ला विमानस्थल ल्याइएको छ ।

घटनास्थलमा अस्थायी प्रहरी चौकी दिङबुचेको प्रहरी टोली खटिएर आवश्यक प्रक्रिया अघि बढाएको जनाइएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page