समाचार

सप्तरी प्रशासनद्वारा कोरोना नियन्त्रण तथा रोकथामका लागि १५ बुँदे निर्देशन जारी

सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलबार कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि १५ बुँदे निर्देशन जारी गरेको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठक र मन्त्रिपरिषदको बैठकबाट भएको निर्णयअनुसार गृह मन्त्रालयले पठाएको निर्देशन अनुसार सो जारी गरिएको हो ।
सोही पत्र अनुसार राजविराजभरि रहेको शैक्षिक संस्थाहरु वैशाखसम्म बन्द गर्न, भीडभाड नगर्न, अनिवार्य मास्कको प्रयोग गर्न, सवारीसाधनमा सिट क्षमताभन्दा बढी नराख्न, यात्रुबाहक सवारीसाधनमा चालक र सहचालकले अनिवार्य मास्क लगाउन भनिएको छ ।
१५ बुँदे निर्देशन
१. राजबिराज नगरपालिकामा रहेको शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र) मा २०७८ बैसाख मसान्त सम्म भौतिक रुपमा उपस्थित नभई भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका बिधिहरु अपनाई शैक्षिक गतिबिधि संचालन गर्ने।
२. विद्यालय र कलेज पूर्व निर्धारित परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनसस्वास्थ्यका मापदण्ड पालना गरी संचालन गर्ने ।
३. सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्बल, जिम खाना, स्विमिङ पुल, फुटसल, सभा,आमसभा, जुलुस, हाटबजार, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अनय सबै प्रकारका कार्यक्रम संवत्‌ २०७८ साल बैसाख मसान्त सम्म बन्द गर्ने।
४. मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लागयतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी संवत्‌ २०७८ साल बैशाख मसान्त सम्म नित्य पूजा, ध्यान र प्रार्थाना मात्र गर्ने गराउने ।
५. एक पटकमा पच्चीस जना भन्दा बढी हुन नहुने, कुनै पनि सामान अनावश्यक नछुने, दुई ब्यक्तिको बीचमा दुई मिटर दुरी कायम गर्ने, मास्क अनिवार्य लगाउने, पटक(पटक साबुन पानीले हात घुने वा सेनिटाइजर गर्ने गरी सपिङ्‌ मल, डिपार्टमेन्ट स्टोर संचालन गर्ने । जनसंख्या सम्बन्धी मापदण्ड पालना गर्ने गराउने दायित्व सम्बन्धित व्यवस्थापक वा संचालकको हुने ।
६. मेला,महोत्सव, जात्रा, पर्व, विवाह, न्वारन, पास्नी, बर्तबन्ध, धार्मिक अनुष्ठान, मलामी लगायतका अत्यावश्यक परम्परारात चार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु संचालन गर्दा पच्चीस जना भन्दा बढि नहुने र जनस्वास्थ्यका मापदण्डको पालना हुने गरी मात्र संचालन गर्ने । विवाह ब्रतबन्धका लागि पार्ट प्यालेस प्रयोग गर्नु पर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न गरी प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति लिई पच्चीस जनामा नबढ्ने गरी गर्ने ।
७. सभा, सम्मेलन, गोष्ठी, सेमिनार, समिक्षा, बैठक, तालिम, प्रशिक्षण जस्ता क्रियाकलापहरु संचालन गर्दा भर्चुअल माध्यबाट गर्ने । भौतिक रुपमा उपस्थित भई गर्नै पर्ने भएमा बढीमा पच्चीस जना मात्र सहभागी रहने गरी जनस्वास्थ्यका मापदण्ड पालना गरी संचालन गर्ने ।
८. सार्वजनिक यातायात संचालन सम्बन्धमा देहाय बमोजिम गर्नेः
क) सिट क्षमता भन्दा बढी यात्रु नराख्ने ।
ख) सबै यात्रुलाई मास्क अनिवार्य गर्ने ।
ग) सवारी साधनको ढोकामा र सवारी साधनभित्र सेनिटाइजरको व्यवस्था गर्नु पर्ने ।
घ) चालक तथा सहचालकले मास्क र भाइजर लगाउनु पर्ने।
ङ) सवारी साधनलाई दैनिक रुपमा निसंक्रमित गर्नु पर्ने ।
च) सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा दश रुपैया लिई मास्क उपलब्ध गराउनु पर्ने ।
छ) मास्क नलगाउने व्यक्तिलाई सवारी साधन प्रवेश गर्ने नदिने ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page