राजनीति

आफू माथि षड्यन्त्र पूर्वक आर्थिक चलखेल गरेको आरोप लगाइयो : ललन गुप्ता

कञ्चनरुप , पुष ४ गते । नेपाली कांग्रेसका सप्तरी क्षेत्र नम्बर १ का सह–सभापति ललन प्रसाद गुप्ताले केहि सञ्चार माध्यमले आफूमाथि बदनियत पूर्ण एवं षड्यन्त्रका साँथ आफूमाथि आर्थिक लेनदेन गरेको भन्ने समाचार कपोकल्पीत तथा निराधार भएको बताएका छन् ।
शनिबार प्रेश विज्ञप्ती निकाली आफु र क्षेत्रियरुपमा नेपाली काँग्रेसको चरित्र हत्या हुने गरि समाचार सम्प्रेषण गरेकोमा घोर आपत्ति रहेको जनाएका छन् ।
गुप्ताले विज्ञप्तीमा भनेका छन् –गत वर्ष सप्तरीको कञ्चनरुप नगरपालिका २ स्थित बरमझियामा टेम्पु दुर्घटनामा परि एक जनाको उपचारको क्रममा ज्यान गएको सन्दर्भमा चालक लाई छुटाउन ३ लाख ५ हजार रकम लिएको भन्ने समाचार कपोलकल्पीत रुपमा मेरो र पार्टीको चरित्र हत्या गर्ने मनसाय नियोजित रुपमा केहि पार्टीले पिडित पक्षलाई फकाइ फूलाई गराई सडयन्त्रमा समाचार सम्प्रेषण गर्नु घोर आपत्ति रहेको र मैले कसैसँग पैसा लिएको प्रमाणित गेरेर देखाउन समेत बिज्ञप्ति मार्फत चुनौती समेत दिएका छन् ।
गुप्ताका अनुसार केही पार्टीका नेताको मिलोमतोमा चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै पैसा लिएको आरोप झुटो र विभिन्न पार्टीकाको षड्यन्त्र समाचार सम्प्रेषण गरेकोमा मेरो र काँग्रेस पार्टीको घोर आपत्ती रहेको बताएका छन् । त्यस घटनाका सम्बन्धमा मेरो चरित्र हत्या गर्ने खालको मनसायले पार्टीगत रूपमा संलग्न भई आरोप लगाउने सडयन्त्रको ठोस सबुत प्रमाण म संग रहेको छ, आवश्यक परेमा सो समेत उपलब्ध गराउन सक्ने उनले विज्ञप्तिमा भनेका छन ।
गत बर्ष सप्तरीको कञ्चनरुप नगरपालिका २ स्थित बरमझियामा टेम्पु दुर्घटनामा परि एक जनाको उपचारको क्रममा ज्यान गएको थियो । पूर्व पश्चिम राजर्माग स्थित बरमझियामा २०७६ साल भदौ ५ गते ना ३ स २१०७ नम्बरको टेम्पुबाट कञ्चनरुप नगरपालिका २ का फागु साह (हलुवाई) सख्त घाईते भएका थिए । घाईते साहलाई उपचारको लागि बिपी कोइराला विज्ञान प्रतिष्ठान धरान (घोपा) लगिएको थियो ।
धरानबाट थप उपचारको लागि बिराटनगरको न्यूरो अस्पतालमा उपचारको लागि लगियो र उपचारकै क्रममा भदौ ११ गते साहको ज्यान गएको थियो ।

प्रेश विज्ञप्ती

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page