राजनीति

नेपाली कांग्रेस नगर कार्य समिति डाक्नेश्वरीद्वारा बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न

महेन्द्र सदा /
पातो सप्तरी , ४ पुष ।
नेपाली कांग्रेस नगर कार्य समिति डाक्नेश्वरीद्वारा बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ पातो बजारमा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य ,पूर्व उपसभामूख एवं पूर्व शिक्षा मन्त्री चित्रलेखा यादवको उपस्थितिमा डाक्नेश्वरी नगरपालिकाको १ देखि १० नम्बर वडाहका विभिन्न जनसमुदायका व्यक्तिहरु गरी करिब ५ सयको संख्यामा पार्टी प्रवेश गरेका छन् ।
सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि यादवले जबसम्म देशको शिक्षाको अवस्था गुणस्तरिय शिक्षामा परिणत नभएसम्म देशको विकास सम्भव नहुने बताइन् ।
पार्टी प्रवेश कार्यक्रममा पूर्व सांसद सुरेन्द्र प्रसाद यादव , जिल्ला सभापति दिनेश यादव , शिवनारायण चौधरीले मन्तव्य व्यक्त गरेका थिए ।
डाक्नेश्वरी नगर कार्य समिति सभापति नारायण यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।

पार्टी प्रवेश कार्यक्रम
   

Add Comment

Click here to post a comment

You cannot copy content of this page