समाज

सप्तरीको सुरुङ्गा नगरपालिका ५ कुशहामा हात्ती आतंकः लाखौंको तरकारी क्षति

सप्तरीको सुरुङ्गा नगरपालिका ५ कुशहामा हात्ती आतंकः लाखौंको तरकारी क्षति
सप्तरीको सुरुङ्गा नगरपालिका ५ कुशहामा हात्ती आतंकः लाखौंको तरकारी क्षति

कञ्चनरुप , २०७७ पुष ६ गते। कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जंगली हात्तीले सप्तरीको सुरुङ्गा नगरपालिका ५ कुशहामा विगत केही दिनदेखि आतंक मच्चाउन थालेको छ ।

सोमबार बिहान ३ बजेको समयमा तीन वटाको समूहमा आएको हात्तीले स्थानीय तस्लिम मियाँ, आलम मियाँ लगायत दर्जनौ किसानहरुले खेतमा लगाएको तरकारी खेती तहसनहस पारेको छ । स्थानीयहरुले लगाएको कोभि, आलु, खुर्सानी, बैगन लगायत अन्नपात समेत खाएर, कुल्चिएर नष्ट पार्दा लाखौंको क्षति भएको स्थानीय सुरज रामले बताउनुभयो ।

हात्ती आंतकबाट प्रभावित सप्तरीका कञ्चनरुप नगरपालिका, शम्भुनाथ नगरपालिका, सुरुङ्गा नगरपालिका, सप्तकोशी नगरपालिका, खडक नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, रुपनी गाउँपालिका र अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका बासिन्दाहरुले वर्षौंदेखि नियन्त्रण र क्षतिपूर्ति माग गर्दैै स्थानीय प्रशासन र आरक्ष प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै आएका छन ।

तर त्यसतर्फ हालसम्म कुनै ठोस पहल नभएको उनीहरुको गुनासो छ । यस भेगका गाउँलेहरु रातिको समयमा अचेल जाग्राम बस्ने गरेका छन् ।

हात्तीको आक्रमणबाट पछिल्लो ६ वर्षमा सप्तरी, सुनसरी र उदयपुरमा गरी १७ जनाको मृत्यु भईसकेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page