समाज

चिसो बढ्दै गएपछि कञ्चनरुप नगरपालिकामा अतिविपन्न परिवारलाई सिरक वितरण

चिसो बढ्दै गएपछि कञ्चनरुप नगरपालिकामा अतिविपन्न परिवारलाई सिरक वितरण
चिसो बढ्दै गएपछि कञ्चनरुप नगरपालिकामा अतिविपन्न परिवारलाई सिरक वितरण

कञ्चनरुप सप्तरी , २०७७ पुष ७ गते । चिसो बढ्दै गएपछि सप्तरीको कञ्चनरुप नगरपालिकाले आज अति विपन्न परिवारलाई जाडोबाट बच्नका लागि सिरक वितरण गरेको छ ।
अति विपन्नता भएका परिवालई छनोट गरी प्रथम चरणमा एक सय परिवालाई कञ्चनरुप नगरपालिका नगर प्रमुख बसन्तकुमार मिश्र तथा नगर उप–प्रमुख निरु पोखरेले जाडोबाट बच्नका लागि सिरक बितरण गर्नु भएको छ ।

नगर प्रमुख बसन्तकुमार मिश्र तथा नगर उप–प्रमुख निरु पोखरेले जाडोबाट बच्नका लागि सिरक बितरण गर्नु भएको छ ।

प्रथम चरण अन्र्तगत नगरपालिकाको वडा नम्बर १२ का अति विपन्न परिवारलाई वितरण गरिएको हो ।
उक्त अवसरमा नगर प्रमुख मिश्रले अति विपन्न परिवारलाई जाडोबाट जोगाउन सिरक वितरण गरिएको बताउँनुभयो । ‘अति विपन्न परिवारलाई सिरक वितरण गरिएको छ, यसबाट केही हदसम्म भए पनि जाडोबाट जोगिन टेवा पुग्ने आशा गरेका छौँ’ उहाँले भन्नुभयो ।

सिरक वितरण गरिएको छ,

कम्बल वितरण गर्दा जाडो पनि नथेग्ने र लामो समयसम्म प्रयोग गर्न नसकिने भएकाले जाडो थेग्न सहज होस् भन्दै सिरक वितरण गरेको नगर उप–प्रमुख निरु पोखरेले बताउँनुभयो ।
साथै क्रमश अन्य वडामा पनि सिरक वितरण गर्ने तयारी गरिरहेको नगर प्रमुख मिश्रले जानकारी दिनुभयो ।
सिरक वितरण कार्यक्रममा वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्री ,वडा सदस्य लिलबहादुर मगर (सोम), सञ्चारर्मी ,बुद्धिजीवि, स्थानीय लगायतको उपस्थित रहेको थियो ।
नगरपालिकाले गत वर्ष पनि २ हजार अतिविपन्न परिवालई सिरक वितरण गरेको सामजिक विकास शाखाका राजेश यादवले बताउनु भयो ।
नगरपालिकाले जाडोबाट बच्न सिरक वितरण गरेपछि नगरबासीहरू पनि उत्साहित भएका छन् ।

वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्री
   

Add Comment

Click here to post a comment

You cannot copy content of this page