कोशी प्रदेश समाचार

झापाको बिर्तामोडमा आगो ताप्ने क्रममा आगोले जलेर महिलाको मृत्यु

झापा, पुष ०७ गते । झापाको बिर्तामोडमा आगो ताप्ने क्रममा आगोले जलेर महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिर्तामोड नगरपालिका २ की २५ वर्षीया वनिता शर्मा रहेकी छन् । आफ्नै घर अगाढी आगो तापेर बसिरहेकी शर्मा सोमवार राती साँढे ६ बजे आगोले जलेर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै घटनास्थलमा खटिएको प्रहरी टोलीले शर्मालाई जलेको अवस्थामा मृत फेला पारेको हो ।
ईलाका प्रहरी कार्यालय अनारमनीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली उक्त स्थानमा खटि गई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page