समाचार

सडकको स्तरोन्नति गरी कालोपत्रे गर्नका लागि सर्वे

कञ्चनरुप सप्तरी , ८ पुष । सघन शहरी विकास तथा भवन निर्माण आयोजना सप्तरी राजविराजले आज कञ्चनरुप नगरपालिका वडा नं. १२ रुपनगर बस्तीपुरमा सडकको स्तरोन्नति गरी कालोपत्रे गर्नका लागि सर्वे गरेको छ ।
पचास लाखको लागतमा सघन शहरी विकास तथा भवन निर्माण आयोजनाले गाउँमा सडकको स्तरोन्नति गरी कालोपत्रे गर्ने भएपछि स्थानियहरु हर्षित भएका छन् ।
कञ्चनरुप नगरपालिकाले विकास निर्माण कार्यलाई तिब्रता दिएकै कारणले गर्दा आज हाम्रो गाउँमा सडक कालोपत्रे हुने अवस्थामा आएको हो भनेर खुशी व्यक्त गर्नुहुन्छ स्थानिय रामप्रसाद खतिवडा ।
आफ्नो गाउँको विकासका लागि स्थानियले सक्रिय भएर गुणस्तरीय काम गराउनुपर्ने नगर प्रमुख बसन्त कुमार मिश्र बताउँनु हुन्छ । राम्रो काम भए नभएको भन्ने बारमेमा नगरपालिकाले बेलाबेलामा अनुगमन गर्ने र ६ महिना भित्र अझ जनताले महशुस गर्नेगरी काम गर्ने समेत बताउँनुहुन्छ नगर प्रमुख मिश्र ।
आज हामीले सर्वे ग¥यौँ, लागत स्टिमेट तयार गरी तुरुन्तै ठेक्का लगाई असार मसान्त भित्र ५० लाख रकमले भ्याएसम्मको गुणस्तरीय रुपमा सिङ्गल लेनको कालोपत्रे सडक निर्माण कार्य सम्पन्न गर्ने बताउँनु हुन्छ आयोजनाका इन्जिनियर मदन राय ।
सर्वे कार्यक्रममा नगर प्रमुख बसन्त कुमार मिश्र, १२ नम्बर वडाका वडा अध्यक्ष देवी बहादुर खत्री, नगर प्रेस सल्लाहकार उत्तम आचार्य र स्थानिय बासीहरुको समेत उपस्थिति रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page