खेलकुद

सोमपालले पनि टी–१० लिग खेल्ने : मराठा अरेबियन्स टिममा अनुबन्ध

नेपाली क्रिकेट टिमका फास्ट बलर सोमपाल कामी आबुधाबीको टी–१० लिग खेल्ने भएका छन् ।

आज भएको ड्राफ्टबाट उनलाई गत सिजन विजेता मराठा अरेबियन्सले अनुबन्ध गरेको हो । उनलाई कति बजेटमा खरिद गरिएको हो भन्नेबारे भने खुलाइएको छैन ।

सोमपाल कामीसहित करण केसी, दिपेन्द्र ऐरी, कुशल मल्लको नाम ड्राफ्टमा रहेको छ ।

अबुधाबी टी-१० लीगको नयाँ सिजन जनवरी अन्तिम साताबाट सुरु हुँदैछ। यस पटक पनि धेरै खेलाडीहरूले टुर्नामेन्टमा भाग लिने छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page