काठमाडौँ, पुस १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । रिक्त मन्त्री पदमा शुक्रबार प्रधानमन्त्री ओलीले नियुक्ती गर्नुभएको हो ।
पुर्व माओवादीबाट आज प्रभु साह, टोपबहादुर रायमाझी र मणि थापा मन्त्री बन्नुभएको छ।
साह श्रम, रायमाझी उर्जा र थापा पर्यटन मन्त्री बन्न लागेको हो।
साह केही दिनअघिसम्म प्रचण्ड नेपाल समूहको बैठकमा सहभागी थिए। पार्टीमा दुई अध्यक्ष भएपछि उनले त्यसको विरोध गरेका थिए।
नयाँ मन्त्री तथा मन्त्रालय हेरफेर भएका मन्त्रीहरुमा टोपबहादुर रायमाझी (ऊर्जा), प्रभु साह (शहरी विकास), हृदयेश त्रिपाठी (स्वास्थ्य तथा जनसंख्या), गौरीशंकर चौधरी (श्रम तथा रोजगार), मणि थापा (खानेपानी तथा सरसफाई), दाबा लामा (युवा तथा खेलकूद), गणेश ठगुन्ना (सामान्य प्रशासन तथा संघीय मामिला), प्रेम आले (वन तथा वातावरण), कृष्णगोपाल श्रेष्ठ (शिक्षा) पद्मा अर्याल (कृषि तथा पशुपंक्षी) शिवमाया तुम्बाहाङफे (भूमि सुधार), जुली महतो (महिला तथा ज्येष्ठ नागरिक), लिलानाथ श्रेष्ठ (न्याय कानुन तथा संसदीय मामिला), भानुभक्त ढकाल (संस्कृति, पर्यटन तथा नागरिक उड्ययन) र विमला विश्वकर्मा (उद्योग राज्यमन्त्री) छन् ।
नवनियुक्त मन्त्रीहरु
![](https://kanchanrupnews.com/wp-content/uploads/2020/12/132987857_1789895924492016_9071433806790729968_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2020/12/132987857_1789895924492016_9071433806790729968_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment