राजनीति

जसपाद्वारा प्रदेशसभा सदस्यद्वयको बुवाआमाको निधन प्रती दुख व्यक्त

बृजमान तामाङ /
बिरेन्द्र बजार, ११ पुस ।
जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेश समितिद्वारा प्रदेश सभा सदस्यद्वय सिंहासन सा कल्वार र राम अशिष यादवका बुवाआमाको निधन प्रती गहिरो दुख व्यक्त गरेको छ ।
जसपा मधेश प्रदेश समितीका मुख्यसचिव शम्भु झाले शनिबार एक शोक बक्तब्य जारी गर्दै प्रदेश सभा सदस्य कल्वारका बुवा हरिलाल कलाकार र यादवका आमा दौलतिया देविको निधन प्रती दुख व्यक्त गरेका हुन ।
जसपा मधेश प्रदेश समिती सदस्य, पर्सा जिल्ला ईन्चार्ज एबम प्रदेश सभा सदस्य कल्वारको बुवाको ९५ बर्ष तथा मधेश प्रदेश समिती सदस्य, धनुषा जिल्ला ईन्चार्ज एबम प्रदेश सभा सदस्य यादवको आमाको ८५ बर्षको उमेरमा निधन भएको खबरले मर्माहत भएका छौ,जारी शोक बक्तब्यमा भनिएको छ ।
जसपा मधेश प्रदेश समितिद्वारा जारी बक्तब्यमा प्रदेश सभा सदस्यद्वयको स्वर्गीय मातापिताको आत्माको चिरशान्तिको कामाना गर्दै श्रद्धाञ्जली अर्पण गरिनुको साथै शोकाकुल परिवारजन प्रती समबेदना प्रकट गरिएको छ । मृत आत्माको चिरशन्तिको कामानाका साथै स्वर्गीय मातापिता प्रती भवपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ, मुख्यसचिव झाद्वारा जारी प्रेस बक्तब्यमा अगाडी भनिएको छ, नेताद्वयको आमाबुबाको निधनले सिंगो पार्टीपंतिलाई स्तब्ध तुल्याएको छ ।
शोलाकुल परिवारजनहरु प्रती समबेदना व्यक्त गर्दछौं । प्रदेश सभा सदस्य कलवारको ९५ बर्षको बुवा हरिलाल र यादवको आमा ८५ वर्षीया दौलतिया देवीको पुस १० गते निधन भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page