राजबिराज ।
राजबिराज स्पोर्टस क्लबको आयोजना तथा सप्तरी क्रिकेट संघसंगको सहकार्यमा संचालित राजबिराज क्रिकेट लिग अन्र्तगत शनिवार सम्पन्न सेमिफाईनल खेलमा युथ क्रिकेट एकेडेमीले सबल नेपाललाई तथा इजिवल्र्ड ईन्जीनियरिंगले लायन्स क्रिकेट एकेडेमीलाई पराजित गर्दै आईतवार हुने फाइनलको लागि आफनो स्थान पक्का गरेको छ ।
राजरंगशालामा संचालित प्रतियोगिताको पहिलो सेमिफाईनलमा लायन्स क्रिकेट एकेडेमीले टस जिती पहिलो ब्याटिंगका लागि ईजिवल्र्ड निम्तो दिए पछि ब्याटिंग गर्न आएका इजिवल्डले निर्धारित २० ओभरको खेलमा ७ बिकेटको नोक्सानीमा १ सय ४२ रन जोडेका थिए । ईजिवल्र्डका लागि किर्तिमानी खेलाडि महवुव आलमले बिष्फोटक ब्याटिंग गर्दै १९ बलमा २ चौक्का र ५ छक्काको मद्धतले ४५ रनको योगदान दिएका थिए भने अन्य ब्याट्सम्यानमा निरज यादवले २५ तथा रोहन बिकले २४ रनको योगदान दिएका थिए । बलिंग तर्फ लायन्सका चित्र बहादुर बिष्ट, बिजय दास र सुर्दशन सिंहले सामान २ बिकेट लिएका थिए भने अभिषेक कार्किले १ बिकेट लिएका थिए ।
१ सय ४२ रनको लक्ष्य लिई मैदानमा ओर्लेको लायन्सले १५ ओभर ४ बलमा सम्पुर्ण बिकेट गुमाई ८० रनमात्र जोडन सकेपछि ६२ रनको पराजय भोग्नु परेको थियो । लायन्सलाई सस्तोमा समेटन ईजिवल्र्डका रोहित सिंहले घातक बलिंग गर्दै ४ ओभरमा १२ रनदिई महत्वपुर्ण ४ बिकेट लिएका थिए । अन्य बलरमा अनिल यादवले ३ तथा रोविन सिंह र महवुव आलमले क्रमश ः २ र १ बिकेट लिएका थिए ।
उत्कृष्ट बलिंग गरे वापत ईजिवल्र्डका रोहित सिंह म्यान अफ द म्याच भएका थिए ।
शनिवार नै सम्पन्न एक अर्को सेमिफाईनलमा सबल नेपालले टसजिती पहिलो ब्याटिंगको लागि युथ क्रिकेट एकेडेमीलाई ब्याटिंगको लागि निम्तो दिएपछि ब्याटिंग गर्न आएको युथले निर्धारित २० ओभरको खेलमा ८ बिकेट गुमाई १ सय ४६ रन बनाएका थिए । युथका लागिबिवेक यादवले ३७ बलमा ६ चौक्काको मद्धतले ४९ रनको योगदान दिएका थिए भने मो समिरले २२, पप्पु यादवले २० तथा नितेश यादवले १७ रनको योगदान दिएका थिए । बलिंग तर्फ सबल नेपालका राहुल मण्डलले ३ तथा प्रसान्त केसिले २ बिकेट लिएका थिए भने बिकास दास र राज राँयले सामान १ बिकेट लिएका थिए ।
१ सय ४७ रनको लक्ष्य लिई मैदानमा ओर्लेको सबल नेपाल रोमान्चक खेलमा ८ बिकेट गुमाई १ सय ३६ रनमात्र जोडन सकेपछि १० रनको हार ब्योहोरेको थियो । सबल नेपालका लागि राहुल मण्डलले उत्कृष्ट ब्याटिंग गर्दै ५ चौक्का र १ छक्काको मद्धतले ५२ रनको योगदान दिएका थिए भने प्रसान्त राई १९, अमित दास १८ र प्रसान्त केसिले १० रनको योगदान दिएका थिए । बलिंग तर्फ बिवेक यादव, गोमानन्द अमात, नविन मण्डल र पप्पु यादवले सामान १ बिकेट लिएका थिए ।
खेलमा उत्कृष्ट खेल खेले वापत युथ एकेडेमीका बिवेक यादव म्यान अफ द म्याच भएका थिए ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment