स्वास्थ्य

तीन दिने सूक्ष्म योजना तयारी तथा पूर्ण खोप सुनिश्चितता सम्बन्धी प्रशिक्षण सम्पन्न

कञ्चनरुप , पुष १२ गते । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले आज आइतबार कञ्चनरुप नगरपालिकामा सूक्ष्म योजना तयारी तथा पूर्ण खोप सुनिश्चितता सम्बन्धी तीन दिने प्रशिक्षक प्रशिक्षण तथा योजना तयारी गोष्ठी सम्पन्न गरेको छ ।
कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत रामसेवक यादव, सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ता, सुरेन्द्र प्रसाद यादव, लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो ताीन दिने गोष्ठीमा कञ्चनरुप नगरपालिका , सप्तकोशी नगरपालिका र अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजकहरू, स्वास्थ्य संस्थाका इन्जार्जहरुको सहभागिता रहेको थियो ।
स्वास्थ्य कार्यालयका खोप अधिकृत रामनरेश ठाकुर, जनस्वास्थ्य निरीक्षक हिरेन्द्र प्रसाद साहले सहजीकरण गर्नुभएको थियो भने जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवको अध्यक्षतामा गोष्ठी सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page