शुक्रबार, १४ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर शुक्रबार, १४ कात्तिक २०८३
समाचार

घुस फिर्ता गर्ने १८ जना ट्राफिक प्रहरी सम्मानित

काठमाडौं , पुस २६ गते । ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा नपरी घुस फिर्ता गर्ने १८ जना ट्राफिक प्रहरीलाई महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले पुरस्कृत र सम्मान गर्नुभएको छ ।
ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई नियमानुसार कारबाही गर्ने क्रममा घुस दिई ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरुलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउने ट्राफिक प्रहरी कर्मचारीलाई सम्मान गरिएको प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो ।
पुरस्कृत हुनेहरुमा प्रसनि देबिराम भण्डारी, प्रसनि रामेश्वर उप्रेती, प्रह शंकर वन सन्यासी, प्रह बिनोद गोतामे, प्रज भुवन भण्डारी, प्रज केदार प्रसाद भण्डारी, प्रज नैन सिंह राना, प्रज रविन घिमिरे, प्रज धनन्जय सिंह रावत (डाँगा), प्रज मिना कुमारी आचार्य, प्रज निरज थापा, प्रज केशब बिष्ट, प्रज रमेश सिंह बुडाल, प्रज भानुभक्त ढकाल, प्रज राकेश कुमार साह, प्रज शान्ता श्रेष्ठ, प्रज ईश्वर पछाई र प्रज सन्दिप कुमार यादव रहेका छन् ।
पछिल्लो समय ट्राफिक कारबाहीको क्रममा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ६९ जना सवारी चालकहरुलाई पक्राउ गरि कारबाहीको दायरा ल्याउने ५३ जना ट्राफिक प्रहरीलाई पुरस्कृत एव सम्मान गरिएको छ । Metropolitan Traffic Police Division 

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page