स्वास्थ्य

सप्तरीको राजबिराजमा पनि छैठौं राष्ट्रिय योग दिवस मनाइयो

कञ्चनरुप, १ माघ । सप्तरीको राजबिराजमा छैठौं राष्ट्रिय योग दिवस मनाइएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र राजविराजको आयोजनामा ‘गरौं योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साँथ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको प्राङ्गणमा मनाइएको हो ।
दिवसमा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य ,सहायक प्रजिअ जय कुमार धिमिरे, सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठ , नेपाली सेना, सप्तरी युथ नेपाल , ओम शान्तीका कर्मचारी,आयुर्वेद डा. शिब शंकर यादव योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मी लगायतको सहभागिता रहेको थियो।
प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्यको संयोजकत्वमा योग दिवश मनाउन मूल समारोह समिति समेत गठन गरि भव्यताका साथ योग दिवस मनाइएको थियो ।
नेपालमा वि.सं. २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइँदै आाइएको छ ।

Tags
   

You cannot copy content of this page