मधेस प्रदेश समाचार

प्रदेश २ मा भोलि सार्वजनिक विदा

सप्तरी , २०७७ माघ ४ गते । प्रदेश २ मा भोलि सार्वजनिक विदा दिइएको छ । बलिदानी दिवसको अवसरमा मुख्यमन्त्री सञ्चार सचिवालयले प्रदेश २ मा माघ ५ गते सोमबार सार्वजनिक विदा दिएको घोषणा गरिएको हो ।
मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीदहरुको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेको दिन बलिदानी दिवस मनाइन्छ । बलिदानी दिवस सिरहाको लहानस्थित मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको स्मरणमा मनाउँदै आएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page