सोमबार, १० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर सोमबार, १० कात्तिक २०८३
राजनीति

नेकपा सप्तरीले माघ ८ गते राजविराजमा युवा भेला तथा १३ गते आमसभाको गर्ने

कञ्चनरुप , २०७७ माघ ५ गते ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सप्तरीले माघ ८ गते राष्ट्रिय युवा संघको अगुवाइमा युवा ¥याली र प्रशिक्षण कार्यक्रम तथा १३ गते राजविराजमा आमसभा हुने जानकारी दिइएको छ ।
‘चलु राजबिराज, भरु राजबिराज’ नाम दिईएको जनजागरण सभा १३ गते रंगशालामा आयोजना हुने जनाईएको छ ।
आमसभामा नेकपाका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा प्रदेश–२ कमिटिका अध्यक्ष एवम् शहरी विकास मन्त्री प्रभु साह, कानुन तथा ससंदीय ब्यवस्था मन्त्री लीलानाथ श्रेष्ठ, महिला वालबालिका मन्त्री जुली महतो, स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज सत्यनारायण मण्डल, स्थायी कमिटी सदस्य रघुवीर महासेठ र प्रदेश–२ कमिटी सचिव तथा राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।


यसैगरी केन्द्रीय सदस्य अब्दुल मजिद साकिरको अध्यक्षता र प्रदेश नम्बर २ का इन्चार्ज एवम् प्रदेश सभा सदस्य स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलको प्रमुख आतिथ्यतामा माघ २ गते बसेको वैठकले नेकपा सप्तरीको जिल्ला संयोजक समितिको प्रमुखमा पूर्व सांसद ताराकान्त चौधरीलाई जिम्मेवारी दिएको छ ।
यस्तै केन्द्रीय समिति संयोजकको जिम्मेवारी अब्दुल मजिद साकिरलाई र नेकपा सप्तरीको प्रवक्तामा सुखराम यादवलाई जिम्मेवारी दिइएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page