स्वास्थ्य

फत्तेपुर स्वास्थ्य चौकीमा २४ घण्टे इमर्जेन्सी सेवा सुरु

खगेन्द्र कार्की /
फत्तेपुर ,माघ ५ गते ।
सप्तरीको सप्तकोशी नगरपालिका स्थित फत्तेपुरमा रहेको स्वास्थ्य चौकीमा सोमबारदेखि २४ औं घण्टे इमर्जेन्सी सेवा सुरु भएको छ।
सप्तरीको सप्तकोशी नगरपालिका फत्तेपुर स्थित स्वास्थ्य चौकीमा २४ घण्टे इमर्जेन्सी सेवा सुरु भएको हो । सो नगरपालिकाका मेयर उत्तमकुमार शर्मा गौतमले एक कार्यक्रमको आयोजना गरी इमर्जेन्सी सेवाको उद्घाटन गर्नुभएको छ ।
अब स्वास्थ्य चौकि फत्तेपुरबाट २४ घन्टा इमर्जेन्सी सेबा, ल्याब लगायत सेबा एम बिबि एस डाक्टरहरु बाट उपलब्ध रहने स्वास्थ्य चौकि प्रमुख राजकुमार दासले जानकारी दिनुभयो ।
स्वास्थ्य चौकीमा यसअघि नै ल्याव तथा ५ वेडको कोभिड–१९ अस्थायी अस्पताल सन्चालनमा आइसकेको फत्तेपुर स्वास्थ्य चौकीवाट सप्तकोसी को ११ वटै वडा र छिमेकी नगरपालिका उदयपुरको चौदण्ढि गढि र बेलका नगरपालिकाका जनता समेतलाई सुबिधा हुने शर्माले वताउनुभयो ।
२४ घण्टे सेबाका साथै चाँडै नै सर्पदंश उपचार केन्द्र पनि सञ्चालनमा ल्याईने मेयर शर्माको भनाई छ । नगरपालिकामा १५ वेडको अस्पताल सञ्चालनका लागि पनि आवश्यक तयारी भईरहेको र फागुन भित्र शिलन्यास गरिने उहाँले वताउनुभयो ।
अस्पतालतका लागि आवश्यक उपकरणका लागि स्वास्थ्य सेवा विभागमा कुरा भएको शर्माले जानकारी दिनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page