शनिबार, १३ मंसिर २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर शनिबार, १३ मंसिर २०८३
शिक्षा

बालअधिकार र बालविवाह सम्बन्धी अभिमुखिकरण

राजविराज, २०७७ माघ १० गते । सप्तरीको विष्णुपुर गाउँपालिकमा शनिवार बालअधिकार र बालविवाह सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
जनता माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि गरिएको अभिुमखिकरण कार्यक्रममा बाल अधिकारका साथै कर्तव्य र बाल विवाह रोकथाममा बालबालिकाको भूमिका बारे अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रम भएको हो ।
सहजकर्ता इन्सेक प्रतिनिधी मनोहर पोखरेलले बालबालिकाले स्वयमलाई समाजको एक अभिन्न अङ्ग मानी समाज विकासका विभिन्न चरणहरूमा खास गरेर बालबालिकासँग सम्बन्धित विषयहरूमा सहभागी हुन आग्रह गर्नुभयो ।
बालबालिकाको बाँच्न पाउने, विकास गर्न पाउने, संरक्षण पाउने, आफ्नो बारेमा गरिने नीति निर्णय र सामाजिक गतिविधिहरुमा सक्रिय अर्थपूर्ण सहभागिता हुन पाउने तथा आफ्नो विचार व्यक्त गर्न पाउने अधिकारहरुको समिश्रण रुप बाल अधिकार भएको उहाँले बताउनु भयो । अधिकारसँगै कर्तव्य र जिम्मेवारीका बारेमा जानकारी दिनुहुँदै पोखरेलले बाल अधिकार महासन्धी, ऐतिहासिक पृष्ठभूमि, संवैधानिक र कानुनी व्यवस्था, बालविवाहका कारण, असर र न्यूनीकरणमा बालबालिकाको भूमिकाबारे चर्चा गर्नुभयो ।

सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्र संघको महासभाबाट बालबालिकाको अधिकारका निम्ति पारित बाल अधिकार सम्बन्धि महासन्धि नेपालले १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको हो । बाल अधिकारलाई देशको मुल कानुन संविधानमै पनि समेटिएको छ ।
मानव अधिकार निगरानी समूह बिष्णुपुरका सचिव अनीलकुमार साहको अध्यक्षतामा आयोजित अभिमुखीकरण कार्यक्रममा बालअधिकार चेतना समूहका अध्यक्ष मुकेशकुमार मण्डल, सचिव आनन्द ठाकुर, बिद्यार्थीहरु प्रमोद मुखिया, धर्मेन्द्रप्रसाद साह, अम्बिकाकुमारी मण्डल, नेहा यादवलगायतकाले जिज्ञासाहरु राख्नु भयो ।
बालअधिकार चेतना समूहको कार्ययोजना अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नम्बर २ जनकपुरधामले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहजकर्ता दिपककुमार यादवले बालबालिकाको क्षमता अभिवद्धि गर्न र जिम्मेवार निकायलाई जवाफदेही बनाउन कार्यक्रम गरिएको बताउनु भयो ।
कार्यक्रममा कक्षा ८, ९ र १० का गरी १२० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page