समाचार

सप्तरीमा लाखौं मूल्य बराबरको विद्युतिय सामानहरु डाँका गर्ने चार जनाको गिरोह पक्राउ

राजविराज, माघ ११ गते । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्वर २ हर्दिया स्थित रहेको नेपाल टेलिकमको बिटीएस साइटमा लाखौं मूल्य बराबरको विद्युतिय सामानहरु डाँका गर्ने चार जना गिरोहलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा आइतवार पत्रकार सम्मेलन गर्दै डाँका कार्यमा संलग्न ४ जनालाई प्रहरीले सार्वजनिक गरेको हो । सिरहाको लहान नगरपालिका–१३ सरस्वती टोलका २२ वर्षीय राकेश यादव, सोही नगरपालिका–३ ढगराहाका ३५ वर्षीय सुर्यनारायण महतो, सोही वडाका ३५ वर्षकै पवन जैसवाल र गोलबजार नगरपालिका–४ का ४१ वर्षीय दिपक अग्रवाललाई पक्राउ गरिएको छ ।
पक्राउ परेकाहरु मध्ये राकेशले टेलिकमकै कर्मचारी भन्दै गत पुस २३ गते नेपाल टेलिकमको जिएसएम टावरमा प्रयोग भएको करिब १० लाख मुल्य पर्ने २४ थान ब्याट्री र ३५ एमएमको २० र अर्थिङ केवल २५ मिटर तार डाँका समुहले लगेका थिए । सोही कार्यमा संलगन खरिद–विक्री गर्नमा सहयोग रहेको अनुसन्धानबाट खुल्न आएको पत्रकार सम्मेलनमा प्रवक्ता साहले बताए ।


घटनापछि टेलिकमले निवेदन दिएको अनुसार अनुसन्धान गर्ने क्रममा सिसीटिभी, स्थानीयहरुकोे सहयोगमा उनीहरुलाई गत मंगलवार ईलाका प्रहरी कार्यालय कडोरवनाले पक्राउ गरिएको छ । डाँकाहरुले प्रयोग गरिएको ना.४ ख. ७२४६ नम्वरको मिनी ट्रक सहित गाडि धनिलाई समेत पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता साहले जानकारी दिए ।
प्रवक्ता साहका अनुसार टेलिकममा लगाईएको २४ वटा ब्याट्री मध्ये ७ वटा ब्याट्री फेला परेको र अन्य ब्याट्री भातर तीर लगेको अनुसन्धानको क्रममा देखिएको उनले बताए ।
उनीहरु बिरुद्ध जिल्ला अदालत सप्तरीबाट म्याद थप गरी डाँका मुद्दा चलाईने प्रवक्ता साहले बताए । उनीहरुमाथि डाँका सम्वन्धी मुद्दामा १० दिनको म्याद थप गराई अनुसन्धान भइरहेको जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page