समाचार

सप्तकोशीका दुई जना युवा लागूऔषध सहित पक्राउ

कञ्चनरुप , ११ माघ । सप्तकोशी नगरपालिका फत्तेपुरका दुई जना युवा लागूऔषध सहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका–८ का २३ वर्षीय देवनारायण खंग र सोही नगरपालिका–४ का संतोष खड्का रहेका छन् ।
उनीहरुलाई तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित हनुमाननगरबाट तिलाठीतर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो ।
खंगको साथबाट प्रहरीले डाइलेक्स डिसी २ बोतल, लिजेस्टिक इन्जेक्सन १५ एम्पुल, डाइजेपाम इन्जेक्स २० एम्पुल, फेर्नागन इन्जेक्सन २१ एम्पुल र स्पास्मो प्रोसिभोम १४ क्याप्सल बरामद भएको हो । दुवैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page