समाचार

जलवायु परिवर्तन तथा विपद जोखिम न्यूनिकरण, व्यवस्थापन सम्बन्धि अभिमुखिकरण

कञ्चनरुप , माघ १२ गते । युरोपियन युनियन अक्सफाम नेपालको आर्थिक सहयोगमा तथा कोशी पिडित समाज सप्तरीको साझेदारीमा आज सोमवार कञ्चनरुप नगरपालिकामा जलवायु परिवर्तन निति तथा विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख वसन्त कुमार मिश्रले जलवायु परिवर्तनले मानव जीवनमा नराम्रो असर पार्ने र त्यसबाट हुने विपद तथा जोखिमलाई न्यूनिकरण गरी त्यसको व्यवस्थापन गर्न नगरपालिकाले सक्रिय रुपमा निति बनाई कामगर्ने बताउनुभयो ।
उपप्रमुख निरु पोखरेलले जलवायु परिवर्तनले मानिसमा पार्ने असर र त्यसबाट जोगिन अपनाउनु पर्ने भूमिकाका बारेमा जनतामा जनचेतना फैलाउनु पर्नेमा जोड दिनुभयो ।

१२ वटै वडाका वडा अध्यक्षहरु , कार्यपालिकाका सदस्यहरु, विषयगत शाखाका प्रमुखहरु सहभागी अभिमुखिकरण कार्यक्रममा अक्सफाम नेपालका संजय परियार , कोशी पिडित समाजका कार्यक्रम संयोजक भिमसेन चौधरी , कार्यक्रम अधिकृत चन्द्रकिशोर कल्याणले सहजीकरण गर्नुभएको थियो ।
नगर प्रमुख वसन्त कुमार मिश्रको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page