समाचार

लैङ्गिक हिंसा र यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धित गोष्ठि सम्पन्न

कञ्चनरुप , १२ माघ । समता फाउण्डेसन काठमाडौंले आज सप्तरीको कञ्चनरुप नगरपालिकाको सभाहलमा लैङ्गिक हिंसा र यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धित गोष्ठि सम्पन्न गरेको छ ।
सो कार्यक्रममा बोल्दै नगर उपप्रमुख निरु पोखरेलले तराई मधेसमा दलितहरुको संख्या धेरै रहेकोले यस ठाउँका दलित महिलाहरु सधैं पछाडि पर्ने र हिंसामा पर्ने भएकाले तिनीहरुको सबै क्षेत्रमा पहुँच बढाउनका लागि कञ्चनरुप नगरपालिकाले विभिन्न किसिमका आयमूलक तालिम र महिला सशक्तिकरण अभियानलाई प्राथमिकतामा राखेर काम गरेको बताउनु भयो ।
दलित महिलाहरुको उत्थान कसरी हुन्छ, प्रजनन स्वास्थ्यमा सुधार कसरी ल्याउन सकिन्छ भन्ने विषयमा नगरपालिकाले गम्भिर भएर कामगरिरहेको समेत उहाँले बताउनु भयो ।

समता फाउण्डेसनका परियोजना मेनेजर तिरुपति परियारले जिल्लामा बसेर काम गरिरहेका समता फाउण्डेसनका युवा सद्भावना दुतहरुको हरेक ठाउँमा पहुँच पु¥याउने , स्थानिय तहसँग काम गर्न सहजीकरण गर्ने उदेश्यका साँथ यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
सप्तरी जिल्लाको १८ वटै पालिकाबाट समता फाउण्डेसनको युवा सद्भावना दुतहरु सहभागी गोष्ठिमा फाउण्डेसनका अनुगमन अधिकृत प्रमिला पासवान, कार्यक्रम संयोजक पुनम महतो, प्रदेश अधिकृत रामपुकार महरा, जिइएसआई अधिकृत प्रकृति बुढामगरले सहजीकरण गर्नुभएको थियो ।
उपप्रमुख निरु पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page